सप्तरीमा १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, पीडितलाई १ लाखमा किन्ने तयारी, वडाध्यक्ष विचौलिया

राजविराज — सप्तरीमा एक १५ वर्षीया दलित बालिकामाथि घरबाटै अपहरण गरी सामूहिक बलात्कार गरिएको घट्ना सार्वजनिक भएको छ। बुधबार साँझ चार जनाको समूहमा आएका युवाहरुले बालिकालाई राजविराज नगरपालिका–११, झल्हीस्थित घर अगाडिबाट अपहरण गरेका थिए।

उनलाई रातभरी कब्जामा राखेर सामुहिक बलात्कार गरिएको विहिबार विहान खुलेको हो। बालिकालाई नियन्त्रणमा लिएर गएको विषयमा बुधबार बेलुकै छिमेकीले घर परिवारमा खबर गरेका थिए। त्यसपछि बालिकाको खोजी सुरु भएको थियो।

खोजतलासका क्रममा भोलिपल्ट बिहान बालिकालाई एउटा घरबाट उद्धार गरिएको थियो। त्यस वेला आरोपी मध्ये १९ वर्षीय राजु यादव फेला परेका थिए। उनलाई घरपरिवार र गाउँलेले समातेर कुटपिट गरी प्रहरीको जिम्मा लगाएको खुलेको छ। राजु अहिले प्रहरी नियन्त्रणमा छन्।

राजुसहित १८ वर्षीय विवेक यादवले आफ्नो वहिनीमाथि बलात्कार गरेको उनका दाजुले बताएका छन्। अन्य दुई जनाले राजु र विवेकलाई सहयोग गरेको पीडितले जानकारी दिएकी छिन्।

घट्ना सार्वजनिक भएपछि बिहीबार विहानैदेखि पीडिकसँग मिल्न जनप्रतिनिधिले नै दबाब दिन थालेका छन्। जसका कारण पीडित परिवारले जाहेरीसम्म दिन सकेको छैन। पारिवारिक स्रोतका अनुसार पीडक पक्षले पीडित परिवारलाई १ लाख रुपैयाँमा खरिद गर्न खोजिरहेको छ।

जसका लागि वडाध्यक्ष उतिदनारायण यादवले विचौलियाको काम गरिरहेको पीडितका दाजुले बताए। पैसा लिएर मिल्न दबाब दिन शुक्रबार एक चरणको पञ्चायती समेत बसेको खुलेको छ। स्वास्थ्य चौकीमा राखिएको पञ्चायतीमा वडाध्यक्ष यादवसमेत उपस्थित थिए।

वडाध्यक्ष यादवले भने गल्ती गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताए। आफु पञ्चायतीमा सहभागि हुन भनेर नगएको दाबी गरेका उनले मल वितरण गर्न त्यहाँ पुग्दा छलफल भइरहेको देखेँपछि एकछिन सहभागि भएको वताए। ‘तर, मैले घटना मिलाउन दबाब दिएको छैन।’– उनले भने।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले घट्नाको बारेमा जानकारी पाएपछि एक जना युवकलाई नियन्त्रणमा लिएको बताए। तर, घटनाबारे जाहेरी आइनसकेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट