ससुराली गाउँमा पेस्तोल देखाएर आतंक मच्चाएको आरोपमा वीरगञ्जमा एक युवक पक्राउ

जनकपुर— पर्साको वीरगन्ज महानगरपालिका–१६, इनर्वास्थित ससुराली गाउँमा कटुवा पेस्तोल देखाउँदै सर्वसाधारणलाई आतंकित बनाउँदै आएका एक युवक पक्राउ परेका छन्।

पर्साकै बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठा घर भई हाल ससुरालीमा बसोबास गर्दै आएका ४० वर्षीय साहेब खाँलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो।

खाँले हातहतियार बोकी स्थानीयवासीलाई डरत्रास देखाउँदै गाउँमा हिँडिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विर्ताबाट इन्स्पेक्टर निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले उनलाई आइतबार बेलुका पक्राउ गरेको हो।

पक्राउपश्चात उनको खानतलासी गर्दा एकथान कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए।

हाल खाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। यसका लागि अदालतबाट ७ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट