बोलबम गएकी चितवनकी महिलाको सुन्दरीजलमा ढुंगाबाट चिप्लिएर मृत्यु

राजधानी— काठमाडौँको सुन्दरीजलमा बोलबम यात्राका क्रममा एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ। चितवन स्थायी घर भई हाल काठमाडौंको कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामीको मृत्यु भएको हो।

उनको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी कुलदीप चन्दले जानकारी दिए। प्रहरीका अनुसार धामी गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमा बोलबम पूजाका लागि गएकी थिइन्।

सोही क्रममा सोमबार राति करिव साढे १ बजे मन्दिर परिसरमा रहेको खोलामा ढुंगाबाट चिप्लिएर उनी खोलामा खसेकी थिइन्। खोलामा डुबेको अवस्थामा भेटिएकी धामीलाई प्रहरी प्रभाग सुन्दरीजल र नेपाली सेनाको सुन्दरीजलस्थित विपद् व्यवस्थापन टोलीले उद्धार गरेका थिए। तर उद्धारपश्चात् चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट