मोरङमा एक सातादेखि वेपत्ता युवकको शव खोलामा भेटियो, मृत्युको कारण खुलेन

विराटनगर — मोरङको केराबारी गाउँपालिका–२ का ३६ वर्षीय वीरबहादुर लिम्बू हराएको एक सातापछि स्थानीय समेवा खोलामा मृत फेला परेका छन्।
लिम्बू असार १३ गतेदेखि बेपत्ता थिए। उनको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालय केराबारीमा निवेदन समेत दिएको थियो।
बुधबार साँझ प्रहरीको टोलीले खोजीका क्रममा खोलामा शव फेला पारेको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।
हालसम्म लिम्बूको मृत्युको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन विभिन्न कोणबाट थप अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण आउने क्रममा छ।
प्रतिक्रिया