सप्तरीको महादेवाबाट करिब ४ सय किलो गाँजा बरामद

राजविराज— सप्तरीको महादेवा–५, महादेवाबाट प्रहरीले करिब ४ सय किलो लागूऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार गाँजा बेवारिसे अवस्थामा झाडीमा लुकाएर राखिएको थियो। १७ वटा पोकामा लुकाइएको अवस्थामा बरामद गरिएको गाँजाको तौल ३ सय ९७ किलो छ।

सप्तरी प्रहरीका डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार जिल्ला प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले नहर छेउको धान खेत तथा बाँसघारीमा राखेको गाँजा बरामद गरेको हो।

बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट