इटहरीमा बसले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु, उदयपुरका बस चालक पक्राउ

इटहरी— सुनसरीको इटहरीमा शनिवार बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
इटहरीबाट धरानतर्फ गइरहेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २२ प २१२५ नम्बरको स्कुटरलाई इटहरी उपमहानगरपालिका–२० अन्तर्गत पानीपिया जंगलमा ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो।
उपचारका क्रममा दिउँसो करिब साढे १२ बजे दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए। बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया