आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका मिटरब्याजी राजकिशोर लाई धरौटीमा छोड्न आदेश, पीडित असन्तुष्ट

जनकपुर— आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ का मिटरब्याजी राजकिशोर यादवलाई धरौटीमा रिहा गर्ने आदेश भएको छ।

बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश ईश्वर आचार्यको इजलासले ४ लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो।

तर यादवमाथि अनुचित लेनदेनसम्बन्धी अर्को मुद्दा पनि रहेकाले उनी तत्काल थुनामुक्त हुन सकेका छैनन्। सो मुद्दामा आज पहिलो पेसी तोकिएको छ।

प्रहरीले यादवलाई साउन २ गते आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको थियो। उनको घरबाट ९ वटा तमसुक, २३ वटा लालपुर्जा र विभिन्न बैंकका चेक बरामद गरिएको थियो।

अभियोग अनुसार, गत असार ३२ गते यादवले मिथिला नगरपालिका–८ की ३४ वर्षीया विमलाकुमारी ध्रोङचिङ मगरको घर पुगेर गालीबेइज्जती गर्दै जेल पठाउने धम्की दिएका थिए। त्यसको भोलिपल्ट विमलाले साहु यादवको नामसमेत उल्लेख गरेर ‘सुसाइड नोट’ लेखी आफुले अध्यापन गराउँदै गरेको विद्यालयमा आत्महत्या गरेकी थिइन्।

यो विषय लामो समयसम्म गुपचुप जस्तै थियो। शीर्ष खबरले समाचार ब्रेक गरेपछि घट्नाका विषयमा चौतर्फी प्रश्न उठेको थियो। यो घट्नाका सम्बन्धमा अदालतको आदेशप्रति पीडित पक्षले असन्तुष्टि जनाएको छ।

मृतक विमलाकी सासू चन्दुमाया मगरले यादवले जबर्जस्ती लिएको पाँचवटा चेक र बढी लिएको पैसाबारे न्यायालयले कुनै जिकिर नगरेको बताइन्। उनले प्रहरी फोरेन्सिक रिपोर्टमा ढिलाइ गरिरहेको आरोप लगाइन्।

‘पहिलो कुरा त सुसाइड नोटकै रिपोर्ट आएको छैन। त्यो नआउँदा अभियुक्तलाई छोड्नु भनेको उसको मनोबल बढाउनु र प्रमाण नष्ट गर्न अवसर दिनु हो।’–उनले भनिन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट