१३ वर्षीय बालक घरको बाकसभित्र मृत फेला

राजधानी– स्याङ्जाको वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा एक १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत फेला परेका छन्। मृतक निशान थापा हुन।

सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा अध्ययनरत बालक आइतबार परीक्षा सकेर घर फर्किएका थिए। आमा छिमेकीको मेलामा गएको र घरमा बहिनी मात्र रहेको समयमा बालक हराएका थिए।

आमा मेलाबाट फर्केपछि छोराको खोजी गर्दा आटीमा राखिएको बाकसभित्र उनको शव भेटिएको परिवारले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै आइतबार राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो। ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ,’ डीएसपी प्रशन्नराज चौधरीले भने।

मृतकको शव गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ। प्रहरीका अनुसार विशेषज्ञबाट पोष्टमार्टम गराउन शव पोखरा पठाउने तयारी भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट