सिरहामा खैरो हिरोइनसहित तीन जना पक्राउ

लहान– सिरहाको विष्णुपुर गाउँपालिका–१ चौहर्वा नजिक लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ ४ गते दिउँसो करिव सवा १ बजे प्र–२–०१–००१ज ००४३ नम्बरको विङ्गर गाडी चेकजाँच गरेर उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सो गाडीमा सवार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का करिब ३८ वर्षीय दिनेश सुनारको पाइन्टको दायाँ खल्तीमा स–साना दुई वटा प्लास्टिकका पोकामा राखिएको ७ ग्राम ३१० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ।

सुनारसँगै रहेका करिब २९ वर्षीय विशाल गोले र करिब ३८ वर्षीय इन्द्र सुनारलाई समेत नियन्त्रणमा लिइएको छ। तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूका विषयमा अनुशन्धान गर्द सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट