विराटनगरमा ट्राफिक चेकजाँचका क्रममा मोटरसाईकल दुर्घटना हुँदा सामाजिक अभियन्ताको मृत्यु

विराटनगर– कोशी राजमार्ग अन्तर्गत मोरङको विराटनगर महानगरपालिका–४ दुधफारम चोकमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको छ।

प्रहरीका अनुसार बुधबार राति करिब साढे ८ बजे विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। सोही क्रममा चौधरीको भएको प्रहरीले जनाएको छ। मृतक चौधरी सामाजिक अभियन्ता समेत थिए।

दुर्घटनापछि ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।


प्रतिक्रिया

One thought on “विराटनगरमा ट्राफिक चेकजाँचका क्रममा मोटरसाईकल दुर्घटना हुँदा सामाजिक अभियन्ताको मृत्यु

  1. मिनि ट्रक आफ्नो साइड बाट जाँदै थियो।
    ट्राफिक ले एक्कासी चेकजाँच को लागि रोक्न लगाउछ। त्यतिबेला ट्रक पछाडि बाट आइरहेको बाइक बाला ले अगाडि चलिरहेको ट्रक एक्कासी रोकिए पछि अनियन्त्रित हुनपुग्यो र ट्रकको पछाडि ठोकिन्छ। अब गल्ती कसको?
    १. ट्राफिक को
    २. ट्रक ड्राइभर को
    ३. पछाडि बाट आइरहेको बाइक बाला को।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट