सिरहामा आमा र जेठो छोरा मृत भेटिए, सिकिस्त रहेका नौ महिनाको कान्छो छोराको उपचार हुँदै

लहान– सिरहाको लहान नगरपालिका–१ मटियर्वामा एक महिला र उनका ५ वर्षका जेठा छोरा मृत फेला परेका छन्। उनीसँगै डेरामा बस्दै आएका नौ महिनाका कान्छो छोरा जीवित भेटिएका छन्। घाईते भएका उनको उपचार जारी छ।

प्रहरीका अनुसार विहान साढे १० वजे लहान–१२ भोटिया टोलमा बस्दै आएका प्रविण चौधरीकी श्रीमती करिब २३ वर्षीया रंजिता चौधरी पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। जेठो छोरा एरोन चौधरी खाटमुनि मृत भेटिएका थिए।

प्रहरीले नौ महिनाको कान्छो छोरालाई तत्काल उद्धार गरी रामकुमार शारडा उमाप्रसाद मुरार प्रादेशिक अस्पताल पुर्याएका थिए। अस्पतालमा भेन्टिलेटर नहुँदा पछि उनलाई स्थानीय सप्तऋषि अस्पतालमा स्थानान्तरण गरेर उपचार भइरहेको छ।

प्रहरीका अनुसार मृतक महिला र जेठो छोराको शव दिउँसो प्रादेशिक अस्पताल पुर्याइ पोष्टमार्टमका लागि राखिएको छ। जेठो छोराको मृत्यु विषादी सेवनबाट भएको हुन सक्ने अनुमान छ।

वडाध्यक्ष युगलकिशोर चौधरीका अनुसार प्रविण र रञ्जिता परिवारसँगै करिब एक वर्षदेखि डेरामा बस्दै आएका थिए।

स्थानीय प्लाइउड फ्याक्ट्रीमा काम गर्दै आएका श्रीमानसँग रंजिताको तीन÷चार दिनदेखि झगडा हुँदै आएको खुलेको छ। श्रीमान श्रीमतीको झगडाको कारणले आवेशमा आएर जेठो छोरालाई विषादी सेवन गराई आफू पंखामा झुण्डिएको आशंका गरिएको छ।

लहान– १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार उनीहरुको स्थायी ठेगाना भोटिया टोल हो। रंजिताको माइती घर लहान– २२ माछा फराम नजिकै रहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट