सुनसरीमा रोकेको ट्रकमा यात्रुबस ठोक्किँदा सिरहाका दुई जनाको मृत्यु, सप्तरी र सिरहाका २ दर्जन वढि घाइते

इटहरी— पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ पुलचोक नजिकै रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने करिब तीन दर्जन यात्रु घाइते भएका छन्।

बिहीबार बिहान करिब साढे ९ बजे पूर्व जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार दुर्घटनामा सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका–५ का करिव ३५ वर्षीय सुनील यादव र सोही गाउँपालिकाको वडा नं. ३ की ४५ वर्षीया धनेश्वरीदेवी यादवको मृत्यु भएको हो।

सुनीलको जिल्ला अस्पताल इनरुवामा बिहान साढे १० बजे र धनेश्वरीदेवीको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा पौने ११ बजे मृत्यु भएको हो। दुर्घटनामा घाईते हुने अधिकांश सिरहा र सप्तरीका छन्।

सप्तरीको रुपनी–९ का २५ वर्षीय प्रकाश सरदार र उनकी ३० वर्षीया श्रीमती पुनम सरदार, खड्क नगरपालिका–५ का ५० वर्षीया ज्ञानदेवी चौधरी, खड्क नगरपालिका–५ का ४० वर्षीय दिनेशकुमार चौधरी र उनकी ३६ वर्षीया श्रीमती चन्द्रिका चौधरी, सुरुङ्गा नगरपालिका–९ का ३६ वर्षीय पुरुषोत्तम चौधरी, सिरहाको धनगढीमाई नगरपालिका–३ की ५२ वर्षीया बानेश्वरी देवी चौधरी, सोही ठाउँकी ३५ वर्षीया केसीदेवी चौधरी, वडा नम्वर–१ की ५५ वर्षीया शान्तिदेवी चौधरी, लहान नगरपालिका–१ का ५० वर्षीय प्रभानन्द चौधरीलगायत घाईते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको जिल्ला अस्पताल इनरुवासहित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट