इटहरीमा काठको बटमले हानेर ३० वर्षीय युवकले गरे श्रीमतीको हत्या

इटहरी — सुनसरीको इटहरीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन्। खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन दाहालले २५ वर्षीया श्रीमती अनिषा भट्टराईको हत्या गरेका हुन।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार दाहालले सोमबार साँझ करिब ८ बजे काठको बटमले श्रीमतीको टाउकामा प्रहार गरेका थिए। टाउकामा गम्भीर चोट लागेपछि अनिषालाई तत्कालै प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पु¥याइएको थियो।

उपचारकै क्रममा सोमबार राति ९ः१० बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए। आरोपीत दाहाललाई प्रहरीले पक्राउ गरेको छ। घट्नाको अनुसन्धान भईरहेको जनाउँदै हत्याको कारण नखुलेको डीएसपी हमालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट