मोटरसाईकल दुर्घटना हुँदा २० र २२ वर्षका दुई युवाको मृत्यु

जनकपुर— बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विजयपुर–डुमरवानाको नयाँ बस्ती नजिक दुर्घटना भएको हो। पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई वडा नं १ स्थित डुंग्रे खोलाको पुलको रेलिङमा ठोक्किएको थियो।

दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–१५ का २० वर्षीय साजन तमाङ र वडा नं १४ का २२ वर्षीय किरण तामाङ गम्भीर घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि बाराकै नौतनस्थित एलएस न्युरो हस्पिटल लगिएको थियो।

चिकित्सकहरूले चेकजाँच गरेपछि दुवै जनालाई मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए। प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक निष्कर्ष छ।

थप अनुसन्धान र दुर्घटनाको कारण पत्ता लगाउन टोली परिचालित गरिएको छ। स्थानीयवासीले भने दुर्घटना घट्ने पुल क्षेत्रमा रेलिङ पुरानो र कमजोर भएको बताउँदै सुरक्षामा सुधारको माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट