आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
काठमाडौँ— आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले पुष्टि गरेका छन्।
गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्कालै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो।
घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई सोधपुछका लागि बोलाएको थियो। गिरी अहिले पनि प्रहरी सम्पर्कमै रहेको एसपी भट्टराईले जनाएका छन्। तर, उनका विरुद्ध औपचारिक जाहेरी भने दर्ता नभएको प्रहरीले जनाएको छ।
आत्मदाह प्रयासको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
यो पनि,
प्रतिक्रिया
