जेनजी प्रदर्शनका क्रममा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछोड्न प्रधान कार्यालयको उर्दी
काठमाडौँ— भदौ २३–२४ गतेको जेनजी प्रदर्शन र त्यसपछिका विध्वंशमा घटिएका सम्बन्धित प्रहरी इन्चार्जहरुलाई काठमाडौं उपत्यका छोड्न नदिन प्रहरी प्रधान कार्यालयले निर्देशन जारी गरेको छ।
प्रधान कार्यालयअन्तर्गतको प्रशासन महाशाखाले उपत्यका प्रहरी कार्यालयलाई परिपत्र गर्दै विध्वंशको क्रममा बढी क्षति भएको क्षेत्रमा खटिएका प्रहरी इन्चार्जलाई सोधपुछका लागि आवश्यक समयमा आयोगमा उपस्थित गराउन उपत्यका नछोड्न निर्देशन दिएको हो।
जाँचबुझ आयोगले प्रदर्शन र विध्वंशका घटनाबारे छानबिन गर्ने क्रममा उक्त प्रहरी इन्चार्जलाई कुनै पनि समयमा बोलाउन सक्ने भएकाले यसअघि नै सुरक्षा र निगरानीका कारण उपत्यका नछोड्ने व्यवस्था मिलाउन भनिएको प्रशासन महाशाखाको परिपत्रमा उल्लेख छ।
भदौ २३ को प्रदर्शनका क्रममा ७६ जनाको ज्यान जानेगरी व्यापक हिंसा भएको थियो। राजधानी काठमाडौंका विभिन्न सार्वजनिक भवनहरूमा आगजनी र तोडफोड भएको थियो। यसमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास र प्रधानमन्त्री निवास समेत प्रभावित भएका थिए।
निर्देशन जारी भएपछि, घटना सम्बन्धी छानबिन र जिम्मेवारी निर्धारण प्रक्रियामा खटिएका प्रहरी इन्चार्जलाई तत्कालै उपस्थित गराउने व्यवस्था गरिने प्रहरीले जनाएको छ। यस कदमले आयोगको छानबिन कार्यलाई सहज बनाउने र घटना प्रष्ट पार्ने उद्देश्य राखिएको छ।

लोकप्रिय
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल

