गृहमन्त्रीमाथि सुधन गुरुङको प्रहारः ‘निकोलस पक्राउ, महेश वस्नेत किन स्वतन्त्र ? ओलीकै पारामा ढल्केको हो ?
काठमाडौँ— जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयमाथि कडा प्रश्न उठाएका छन्। उनले एउटै किसिमको अभिव्यक्तिका लागि डा. निकोलस भुषाललाई पक्राउ गर्ने तर एमाले नेता महेश बस्नेतविरुद्ध कुनै कारबाही नगर्ने गृहमन्त्रीको दोहोरो मापदण्डबारे तीव्र असन्तुष्टि जनाएका छन्।
फेसबुकमार्फत अभिव्यक्ति दिँदै गुरुङले लेखेका छन् — ‘ निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’
गुरुङको टिप्पणी निकोलस भुषाल पक्राउ परेपछि आएको हो। भुषालले एमाले अध्यक्ष केपी शर्मा ओली र सांसद महेश बस्नेतलाई प्रत्यक्ष चेतावनी दिँदै ‘अबका दशैं देख्न पाउँदैनन’ भनेका थिए। उनले प्रहरी प्रधान कार्यालयमा ‘ड्रोन आक्रमण गर्ने’ र ओली–बस्नेतलाई घरमै गएर घेर्ने घोषणासमेत गरेका थिए।
यिनै प्रसंगमा महेश बस्नेत भने ‘भुषालको टोलीलाई ‘किमा’ बनाइन्छ, युथ भोलेन्टियर्स फोर्स तयार रहोस्।’ भन्दै निर्देशन दिएका थिए। ‘ओली र मलाई ठिक गर्न चाहनेहरू गुण्डु प्रवेश गरेर देखाउनू, अनि कुरा गरौं।’ भन्दै उनले चेतावनी पनि दिएका थिए।
गुरुङले यिनै दुई अभिव्यक्तिको तुलना गर्दै सरकारको नीतिगत निष्पक्षतामाथि प्रश्न उठाएका छन्। यसपछि प्रहरीले भुषाललाई पक्राउ ग¥यो। उनी अहिले प्रहरी हिरासतमा छन्। तर वस्नेत खुल्ला घुमेको गुरुङको गुनासो छ।
लोकप्रिय
ताजा अपडेट
गृहमन्त्रीमाथि सुधन गुरुङको प्रहारः ‘निकोलस पक्राउ, महेश वस्नेत किन स्वतन्त्र ? ओलीकै पारामा ढल्केको हो ?

