सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ

राजविराज — ड्युटीमा रहेका प्रहरीलाई हातपात गरेको भन्दै एक युवकलाई पक्राउ गरेपछि सप्तरी प्रहरी र स्थानीयवासीबीच तनाव सुरु भएको छ। प्रहरीले विहिबार प्रहरी जवान दिपक साह सोनारलाई कुटपिट गरेको आरोपमा राजविराज नगरपालिका–६ का २१ वर्षीय लालु कुमार चौधरी र २२ वर्षीय विशाल चौधरी पक्राउ गरेको थियो।

गस्तीबाट कोठा फर्कँदै गरेका प्रहरी जवानमाथि उनिहरुले गाली–गलौज गर्दै कुटपिट गरेको आरोप लागिको छ। प्रहरीका अनुसार घाइते जवानको उपचार जारी छ। प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले यसमा पाँच दिनको म्याद थप गर्दै अनुसन्धान कार्य जारी राखेको छ।

तर, यस घटनापछि स्थानीय समुदाय र नागरिक संगठनहरूले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। हिन्दु सम्राट सेना नेपाल, सप्तरी कार्यसमितिले घटनासँग सम्बन्धनै नभएका विशाल चौधरी र उनका परिवारका सदस्य गणेश चौधरी र कान्छो छोरा सानु चौधरीलाई पक्राउ गरिएको जनाएको छ।

समितिका अनुसार, प्रहरी जवान सोनारले लगातार तीन दिनदेखि विशाल चौधरीकी पत्नीलाई जिस्क्याउने गरेका थिए। घट्ना भएको दिन मोबाइल नम्बर माग्दै मानसिक तनाव दिन थालेपछि उनले श्रीमानलाई त्यस विषयमा जानकारी गराएकी थिईन।

यही विषयमा भएको उक्त घट्नामा परिवारका तीन जना सदस्यलाई पक्राउ गरी तनाव दिएको जनाईएको छ। प्रहरी संगठनले दोषीलाई कारबाही र निर्दोषलाई रिहा गर्नु पर्नेमा त्यसो नगरी उल्टो अन्याय गरेको समितिले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट