विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका असईद्वारा आफनै छोराको हत्या, कुटपिटबाट श्रीमती घाईते

काठमाडौँ — विमानस्थलमै कार्यरत प्रहरी असईबाट आफ्नै छोराको हत्याः पारिवारिक कलहले बनेको ‘घरेलु अपराध’को भयावह रूप

पारिवारिक विवादका क्रममा आफ्नै नाबालक छोराको हत्या गरेको अभियोगमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत असई पुष्कर कार्की पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, आइतबार बेलुका नियन्त्रणमा लिइएका कार्कीले पारिवारिक कलह चर्किएपछि श्रीमतीलाई कुटपिट गरेका थिए। कुटपिटमा श्रीमतीको टाउकोमा चोट लागेको छ भने नाबालक छोराको हत्या भएको छ।

मृतक बालकको घाँटीमा चोट देखिएको छ। घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको हो। ‘हिजो बेलुकी नियन्त्रणमा लिएका छौँ, आज (सोमबार) बाट कानुनी प्रक्रिया अघि बढ्छ,’ एसपी भट्टराईले भने।

घटनास्थलको मुचुल्का उठाई, श्रीमतीको बयान, मेडिकल रिपोर्ट र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फौजदारी प्रक्रिया सुरु गरेको बताएको छ।

प्रहरीभित्रकै एक जिम्मेवार पदस्थ व्यक्तिबाट यस्तो चरम पारिवारिक हिंसा र बालहत्या भएको घटनाले ‘सुरक्षा दिनुपर्ने व्यक्तिनै अपराधी बन्न सक्ने’ चिन्ताजनक अवस्थालाई उजागर गरेको छ। घटनालाई लिएर स्थानीयदेखि प्रहरी कर्मचारीसम्मस्तब्ध बनेका छन्।

सुरक्षाकर्मीको मनोवैज्ञानिक दबाब, तनाव र घरेलु कलहको उचित व्यवस्थापन नहुँदा परिवार नै अपराधको निशाना बन्ने खतरा वढेको अधिवक्ता तथा समाजशास्त्रीहरू बताउँछन्। घटनाको विस्तृत अनुसन्धान जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट