सर्लाहीमा तीन मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा गएराति भएको भीषण मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। हरीपुर्वा नगरपालिका–९, मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो।

दुर्घटना राति करिब ८ बजे बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक भएको थियो। दुर्घटनामा अचेत अवस्थामा फेला परेका दुवैलाई तत्काल मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार दुर्घटनामा सर्लाहीकै हरीपुर्वा नगरपालिका–९ बस्ने २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि अस्पतालमा राखिएको छ।

प्रहरी घटनाको थप अनुसन्धानमा जुटेको छ। प्रहरीको प्रारम्भिक विवरणअनुसार, दुर्घटनामा संलग्न तीनवटा मोटरसाइकल भारतीय नम्बरका हुन। प्रहरीले घटनास्थल र घाइतेहरूसँगको बयानसहित विस्तृत अनुसन्धान जारी राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट