सर्लाही–४ मा पनि कांग्रेस संकटमाः देश वदल्न हिडेका गगन थापा प्रारम्भिक चरणमै अमरेश सिंहसँग पछाडि

सर्लाही — जेनजी आन्दोलनको भुङ्ग्रोमा विशेष महाधिवेश गरी पार्टी आफनो हातमा लिएर देश वदल्न हिँडेका नेपाली कांग्रेसका सभापति गगन कुमार थापा नै गम्भिर संकटमा देखिएका छन्।

‘बदल्यौं कांग्रेस–बदल्छौं देश’ भन्ने नारा अघि सार्दै चुनावी मैदानमा उत्रिएका थापा प्रतिस्पर्धाको सुरुवाती चरणमै दबाबमा परेका छन्। सर्लाही क्षेत्र नम्बर–४ मा जारी मतगणनाको प्रारम्भिक परिणामले कांग्रेस नेतृत्वका लागि अप्रत्याशित संकेत दिएको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायम गरेका छन्।

जेनजी आन्दोलनपछि पार्टीभित्रै ठूलो राजनीतिक हलचल पैदा भएको थियो। त्यसबेला ‘शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान सकिँदैन’ भन्दै गगन थापाको समूहले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको पहल गरेको थियो। सोही प्रक्रियाबाट देउवा सभापतिबाट हटाइएपछि थापा कांग्रेसको नेतृत्वमा पुगेका थिए।

त्यसपछि पार्टीले थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै नयाँ रणनीतिसहित चुनावी मैदानमा उत्रने निर्णय गरेको थियो। गगन थापाको नेतृत्वमा कांग्रेसले आफूलाई ‘सुधारिएको कांग्रेस’को रूपमा जनतामाझ प्रस्तुत गर्दै पार्टी अब नयाँ रूप र सोचका साथ अघि बढेको सन्देश दिन खोजेको थियो।

तर प्रारम्भिक मतपरिणामले भने त्यो राजनीतिक सन्देश मतदातामाझ कति प्रभावकारी भयो भन्ने प्रश्न उठाउन थालेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही–४ मा उम्मेदवार बनेका थापा सुरुवाती चरणमै अपेक्षाभन्दा कमजोर देखिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरणअनुसार हालसम्म गणना गरिएको मतमध्ये रास्वपाका अम्रेशकुमार सिंहले १ हजार २३९ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सभापति थापाले ७६८ मत मात्रै प्राप्त गरेका छन्। यसअनुसार प्रारम्भिक मतपरिणाममा सिंहले थापामाथि ४७१ मतको स्पष्ट अग्रता कायम गरेका छन्।

यो परिणामले सर्लाही–४ को राजनीतिक समीकरणलाई अहिले चासोपूर्वक हेरिएको छ। मतपरिणामले मतदाताको झुकाव र नयाँ राजनीतिक शक्तिको प्रभावबारे बहस सुरु गराएको छ। मतगणनाको सुरुवाती चरणमै सिंहले लिएको अग्रताले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ भने कांग्रेस नेतृत्वका लागि यो परिणामले चुनौतीपूर्ण संकेत दिएको विश्लेषण हुन थालेको छ।

अन्य दलका उम्मेदवारहरू भने प्रारम्भिक चरणमै निकै पछि परेका छन्। देशब्यापी रास्वपाको रुझान हेर्दा थापाले विजय हाँसिल गर्ने सम्भावना एकदमै कम रहेको राजनीतिक विश्लेषकहरु वताउँछन्। उनिहरुका अनुसार रास्वपाले करिव ४५/४६ सिटमा अग्रता कायम गर्दा कांग्रेस–एमाले ५/६ सिटमा मात्रै अगाडि देखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट