इटहरी लैजाने बहानामा किशोरीलाई जंगल पुर्‍याएर ब*लात्कार गर्ने सिटी सफारी चालक पक्राउ

इटहरी– सुनसीमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक सीटी सफारी चालकलाई पक्राउ गरेको छ। इटहरी पुर्‍याइदिने बहानामा सिटी सफारीमा चढाइएकी किशोरीलाई अपहरण गरी जंगलमा लगेर बलात्कार गरेको आरोपमा रामधुनी नगरपालिका निवासी रोशनबहादुर विश्वकर्मा पक्राउ परेका हुन।

प्रहरीका अनुसार विश्वकर्माले चैत ६ गते साँझ भोटेपुल क्षेत्रमा बसको प्रतीक्षा गरिरहेकी किशोरीलाई सवारीमा चढाएका थिए। तर, उनले निर्धारित मार्ग छाडेर सवारीलाई एकान्त क्षेत्रतर्फ मोड्दै धरानस्थित साकेला पार्क नजिकको जंगलमा पु¥याएको अनुसन्धानबाट खुलेको छ।

एकान्त स्थानमा पुगेपछि आरोपितले किशोरीमाथि हिंसात्मक आक्रमण गर्दै हात बाँधेर कुटपिट गरेको र अचेत बनाइसकेपछि बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ। त्यसपछि उनले पीडितको मोबाइलसमेत लुटेर घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार घटनापछि पीडितको उजुरीका आधारमा तत्काल अनुसन्धान सुरु गरिएको थियो। घटनास्थल आसपासका सिसिटिभी फुटेजको सूक्ष्म अध्ययन गर्दै सवारी साधनको पहिचान गरिएपछि आरोपितसम्म पुग्न प्रहरी सफल भएको हो।

डीएसपी भीषणबाबु राईका अनुसार पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान जारी छ र कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले दिएको विवरणअनुसार पीडित किशोरी मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित मावली घरबाट कपडा लिन धरान आएकी थिइन्।

फर्किने क्रममा सार्वजनिक सवारीको प्रतीक्षामा रहेकी उनी चालकको बहकावमा परेपछि गम्भीर अपराधको सिकार बनेकी हुन्। यो घटनाले सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। विशेषगरी महिला र किशोरीहरूलाई लक्षित गरी हुने यस्ता अपराधहरूले समाजमा भय र असुरक्षाको भावना झनै गहिरो बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट