गजेन्द्र अस्पतालमा डायालाइसिस गराउन आएका विरामीको मृत्यु, लापरवाहीको आरोप

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ का एक बिरामीको उपचार नपाउँदै मृत्यु भएपछि गजेन्द्र नारायण सिंह अस्पताल विवादमा तानिएको छ। नियमित रूपमा डायालाइसिस सेवा लिँदै आएका रामकुमार शर्मा सोमबार साँझ करिब ३ बजे अस्पताल पुगेका थिए। तर, सेवा लिन नपाउँदै अस्पतालभित्रै उनको मृत्यु भएको थियो।

मृतकका छोरा प्रदीप शर्माले अस्पताल प्रशासनसमक्ष दिएको निवेदनमा अस्पताल कर्मचारीहरूको लापरवाहीका कारण आफ्नो बुवाको ज्यान गएको आरोप लगाएका छन्। निवेदनअनुसार समयमै आवश्यक उपचार नपाएको, समन्वयको अभाव र सेवामा ढिलासुस्तीका कारण अवस्था जटिल बन्दै गएको दाबी गरिएको छ।

घटनाको गम्भीरता बुझ्दै अस्पताल प्रशासनले तत्काल छानबिन समिति गठन गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेशकुमार मिश्रको अध्यक्षतामा गठित उक्त समितिमा डा. सन्दीप कुमार साह, जयप्रकाश ठाकुर दिवनाथ यादव सदस्य छन्।

रेमन्तकुमार यादव सदस्य सचिव रहेको समितिलाई १५ दिनभित्र प्रतिवेदन वुझाउन समय तोकिएको छ। समितिलाई घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। सोही प्रतिवेदनका आधारमा आवश्यक कानुनी कारबाही अघि बढाइने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट