सप्तरी जिल्ला अदालतमा प्रवेशका लागि अब परिचयपत्र अनिवार्य
राजविराज — सप्तरी जिल्ला अदालतले आफ्नो परिसरमा अनावश्यक भिडभाड र चोरीका घटनाहरू बढ्दै गएपछि सुरक्षा कडा गर्न नयाँ निर्देश जारी गरेको छ। अदालत प्रशासनले जनाए अनुसार चैत्र १२ देखि अदालतमा प्रवेश गर्न चाहने सबै व्यक्तिले आफ्नो परिचयपत्र वा अन्य सम्बन्धित कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
अदालतको सूचना अनुसार, केही दिनयता मुद्दासँग असम्बन्धित व्यक्तिहरूको अदालत परिसरमा प्रवेशका कारण सुरक्षा संवेदनशीलता कमजोर भएको र चोरीजस्ता घट्ना घट्ने जोखिम बढेको देखिएको छ। यसै कारण अदालतले प्रवेश प्रक्रिया व्यवस्थित गर्ने निर्णय गरेको जनाएको छ। अदालत प्रवेश गर्ने सम्बन्धित सबै व्यक्तिले तोकिएको स्थानबाट मात्र प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
अदालत प्रशासनले सबै नागरिक र सम्बद्ध पक्षलाई सुरक्षा निर्देशनको पालना गर्न विशेष ध्यान दिन आग्रह गरेको छ।

