झापामा ‘घर पुर्‍याइदिन्छु’ भन्दै महिलालाई बाइकमा चढाएर सुनका गहना लुट्ने युवक पक्राउ

दमक– झापाको कनकाईमा एक महिलालाई ‘घर पुर्‍याई दिन्छु’ भन्दै बाइकमा चढाएर सुनसान ठाउँमा पु¥याई सुनका गहना लुट्ने एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पाँचथर फिदिम–४ घर भई हाल कनकाई–४ कोटिहोममा बस्दै आएका २२ वर्षीय जीवन तामाङले आईतबार साँझ कनकाई–३ टप्पु निवासी ५० वर्षीया बिमला लिम्बु भुजेललाई बाइकमा घर पुर्‍याइदिने भन्दै चढाएका थिए।

करिब पौने ८ बजे मे.४ प ८८३ नम्बरको मोटरसाइकलमा सवार तामाङले भुजेललाई लिएर कनकाई–१ र कनकाई–२ को सिमानामा रहेको बाघे खोलाको पुलमा पुगेका थिए। प्रहरीका अनुसार त्यही पुलमा पुगेपछि तामाङले भुजेलको कानमा लगाएको सुनको मुन्द्रा झिकेर लुटेका थिए।

अचानक गहना लुटिएपछि भुजेलले तत्काल होहल्ला गरेकी थिइन्। उनको हल्ला सुनेर आसपासका स्थानीयबासी घटनास्थलतर्फ दौडिए र भाग्ने प्रयास गरिरहेका तामाङलाई नियन्त्रणमा लिए। स्थानीयले तामाङलाई कुटपिट पनि गरेका थिए।

घाइते भएका तामाङलाई प्रारम्भिक उपचारका लागि कनकाई नगर अस्पताल सुरुङ्गा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका तामाङ हाल इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडको नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट