मोरङमा महिलालाई नशालु पदार्थ खुवाएर रिसोर्टमा लगी बलात्कारः तीन जना पक्राउ

विराटनगर — मोरङमा एक महिलालाई नशालु पदार्थ सेवन गराई रिसोर्टमा लगेर बलात्कार गरेको आरोपमा एक महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी बलात्कार मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर–५ की २५ वर्षीया सोनुमा लिम्बु, केराबारी–८ का ५० वर्षीय कमलबहादुर आले मगर र सुन्दरहरैंचा–१० का ३८ वर्षीय डम्बर खतिवडा छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घट्ना साउन १७ गते भएको हो।

२५ वर्षीया सोनुमा लिम्बुले पीडित महिलालाई नशालु पदार्थ सेवन गराएको र त्यसपछि कमलबहादुर आले मगरसँगको मिलेमतोमा उनलाई लेटाङ नगरपालिका–१ स्थित ‘हाम्रो रिसोर्ट’मा लगिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

रिसोर्टमा पु¥याइएपछि खतिवडाले ज्यान मार्ने धम्की दिँदै पीडितलाई बलात्कार गरेको आरोप छ। घटनापछि इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले घटनाका सम्बन्धमा थप प्रमाण संकलन, पीडित तथा अन्य सम्बन्धित व्यक्तिहरूको बयान र प्राविधिक पक्षको अध्ययनसहित विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट