धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख ६८ हजार नगद बरामद

काठमाडौँ — धादिङमा नदीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने प्रयास गरेको आरोपमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरेको छ।

प्रहरीका अनुसार बाढीका कारण नदीमा बगेर आएको सेफ भेटिएपछि उनीहरूले त्यसलाई फोडेर भित्र रहेको रकम निकाल्ने प्रयास गरेका थिए। घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भई संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सबै २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिएका छन्।

प्रहरीले बरामद भएको रकम तथा सेफको स्रोत र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान अघि बढाउने जनाएको छ। बाढीका कारण नदीले बगाएर ल्याएको उक्त सेफ कहाँबाट आएको हो र बरामद रकम कसको हो भन्ने विषयसमेत अनुसन्धानको दायरामा रहने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट