माथिल्लो त्रिशूली–१ का ११ कर्मचारीको शव फेला, अडिट–३ टनेलबाट निकालियो

काठमाडौँ– भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका ११ जना कर्मचारीको शव फेला परेको छ। नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजीका क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा पुरिएको अवस्थामा ती शव फेला पारेको हो।

सेनाका अनुसार उद्वार टोलीले शनिबार मध्यान्ह ती ११ वटै शव टनेलबाट बाहिर निकालेको हो। बाढीपछि आयोजनामा कार्यरत कर्मचारीहरूसहित केही व्यक्ति सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीनमध्ये ११ जनाको शव फेला परे पनि अन्यको अवस्था अझै अज्ञात रहेको सेनाले जनाएको छ। बाँकी व्यक्तिको खोज तथा उद्धार कार्य जारी छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको संरचनामा समेत ठूलो क्षति पु¥याएको थियो। बाढीका कारण आयोजना क्षेत्रमा रहेका संरचना तथा टनेलहरूमा हिलो र अन्य सामग्री थुप्रिएपछि खोजी तथा उद्वार कार्य चुनौतीपूर्ण बनेको थियो।

उद्वार टोलीले टनेलभित्र जालीमा अड्किएका तथा हिलोमा दबिएका शवहरू क्रमशः खोजी गर्दै बाहिर निकालेको हो। बाँकी सम्पर्कविहीनहरूको खोजीका लागि उद्वार अभियानलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट