गजुरीमा यसरी बजारियो माइक्रो बसमाथि रुख, घाईते १० मध्ये १ जनालाई काठमाण्डौं पठाईयो
काठमाण्डौं— धादिङबेंसीबाट काठमाण्डौं आउँदै गरेको माइक्रोबसमाथि सुख्खा पहिरोसँगै खसेको रुख बजारिँदा १० जना घाईते भएका छन्। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी–५ जरेखोला नजिकै बाङ्गे भन्ने ठाउँमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमा रुख बजारिएको थियो। माइक्रोबसका क्षती भएको छ भने घाईते १० जना मध्ये ९ जना यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ।
रूवीभ्याली गाउँपालिका–१ का ७२ वर्षीय निर्माण तामाङलाई भने थप उपचारका लागि काठमाण्डौं पठाइएको हो। उनको छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
घाइते ५ जना सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेका छन् भने बाँकीको उपचार चलिरहेको डिएसपी मिश्रले जानकारी दिए। माइक्रोबसमा १५ जना यात्रु सवार रहेको खुलेको छ। ढलेको रूख पन्साएपछि पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
