पतिले आत्महत्या गरेको ३ वर्षपछि पत्निलाई मोटरसाईकलले उडायो, ५ दिनपछि मृत्यु
दमक– झापामा ५ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
इलाम घर भई कनकाई नगरपालिका–१ मा वस्दै आएकी ४१ वर्षीया उमादेवी चापागाईंको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनलाई १७ साउनमा दमकबाट बिर्तामोड जाँदै गरेको को. ३८ प ५३६८ नम्बरको मोटरसाइकलले कनकाई–१ जुके कल्भर्टमा ठक्कर दिएको थियो। उनी कनकाई नगरपालिकाअगाडि अञ्जु कार्कीको होटलमा सहयोगीका रुपमा कार्यरत थिईन।
३ वर्षपहिले पतिले आत्महत्या गरेपछि जिवन निर्वाहका लागि होटलमा काम गर्न थालेकी उनलाई ठक्कर दिने मोटरसाइकल चालक मोरङको पथरीशनिश्चरे–४ का ४० वर्षीय दुर्गाप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन्।
प्रतिक्रिया

