सशस्त्रको वर्दीको आडमा रकम असुली, रौतहटमा यसरी पक्राउ परे साह

जनकपुर– रौतहटमा प्रहरीले एक जना नक्कली प्रहरीलाई पक्राउ गरेको छ। ‘सादा पोसाकको प्रहरी हुँ’ भन्दै सर्वसाधारणसँग रकम असुल गर्न खोजपछि रौतहटको माधवनारायण नगरपालिका–१ का २४ वर्षीय रमेश साहलाई प्रकरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो। साहले सर्वसाधारणसँग रकम असुल गर्न खोजेको तथा विभिन्न व्यक्तिहरूको जिउ खानतलासीसमेत गरेको प्रहरीले जनाएको छ।

साहले वदमासी गर्दै गरेको सूचनापछि उनलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ। उनको साथमा रहेको झोला खानतलासी गर्दासशस्त्र प्रहरी बलको पोसाकसमेत बरामद भएको प्रहरीको भनाई छ। साह विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *