टिकटकको प्रतिबन्ध हट्यो, प्रतिवन्ध लगाउँन सुझाव दिएका ओलीले नै गरे फुकुवा

काठमाण्डौं– सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटकमा प्रतिवन्ध लगाउने सुझाव वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै दिएका थिए।

टिकटकमा अपलोड भएका सामग्रीले मुलुकको सामाजिक मर्यादाको उलंघन गरेको जनाउँदै प्रतिवन्ध लगाईएको थियो। त्यसपछि चीनले विभिन्न माद्यमबाट टिकटकको प्रतिवन्ध हटाउँन दबाब दिदै आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *