रामेछापमा पहिरोमा परी २ जनाको मृत्यु, ८ जना वेपत्ता
काठमाण्डौं– रामेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर कौशल न्यौपानेका अनुसार बिहान करिव साढे ३ बजे पहिरो खसेको हो। पहिरोले बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको छ।
एक बालकको जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। घट्नाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया
लोकप्रिय
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल

