‘जापानमा वेस्यावृत्ति गरेकी महिला’ भनेपछि दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिईन प्रहरीमा उजुरी

काठमाण्डौं– आफनो चरित्र हत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले विवादित मेडिकल ब्यवसायी मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन्।

संग्रौलाले आईतबार प्रसाईँ विरुद्ध प्रमाणसहित प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको वताएकी छिन्। तर, उजुरी भने दर्ता भई नसकेको उनले वताईन। ‘आज समय अभावका कारण ब्युरोले उजुरी दर्ता गर्न भ्याएन। भोलि सार्वजनिक बिदा भएकाले पर्सी कार्यालय समयमा दर्ता गर्छौ भनेका छन्’– उनले भनिन्।

संग्रौलाका अनुसार प्रसाईंले केही दिनअघि एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै आफुमाथि चरित्रहत्या हुने गरी लाञ्छना लगाएको बताएकी छिन्। तर, उनले भनेको अन्तरवार्तामा संग्रौलाको नाम भने लिएका छैनन्।

कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै प्रचार गरिएको एउटा फेक न्यूज पोस्टका आधारमा प्रसाईंले आफुमाथि लान्छना लगाएको उनको भनाई छ। केही समयअघि ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहितको सामग्री सामाजिक सञ्चालमा सार्वजनिक भएको थियो।

पछि फ्याक्ट चेक गर्दा उक्त समाचार कान्तिपुरले नछापेको पुष्टि भएको थियो। यही विषयलाई टिपेर प्रसाईंले ज्वालाको नाम नलिइ ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए। ‘कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भका छन्। जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन?’ उनले भनेका थिए–‘त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन्। वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन। मैले लाश ल्याउँदा सुन ल्याएँ रे ! जेलमा बसेको त्या भाइहरुलाई उतै मर्न दिनुपर्ने रछ नि ! अब गर्ने कि नगर्ने ! तिनीले गरुन्। त्यही जापानमा वेश्यावृत्ति गर्नेले गरुन् नि !’

प्रसाईले अझै अगाडि भनेका थिए–‘अर्कालाई केटी मिलाइदिने, अनि आफू पनि वेश्यावृत्ति गर्ने, रातभरि सात जनासँग चर्ने। त्यसले गर्नु नि ! फेसबुकमा लेख्न जानें भनेर हालिछे। यस्ता छन् नयाँ पार्टीका मेम्बर। त्यसको शाखा सन्तानै त्यस्तो हो क्या ! आफू केही राम्रो नगर्ने, अर्काको खोइरो खन्ने।’

प्रसाईँको यो अभिब्यक्तिका विषयमा संग्रौलाले केही दिनअघि फेसवुकका पनि असन्तुष्टी ब्यक्त गरेकी थिईन। उनले लेखेकी थिईन–‘अर्काका छोरीचेलीको चरित्र हत्या गर्दै,मर्न बाध्य बनाउदै, रास्ट्र रास्ट्रियता, धर्म र नागरिक बचाउ अभियान भन्दै विभिन्न मिडियामा छाडा अन्तरबार्ता दिदै हिड्नेलाई के भन्ने? न गल्तिको आत्मसमिक्षा, न सुध्रने बाटोतिर नै। के गर्नु, देश बनाउछु भन्नेहरु फटाहा भएपछी भडकिएका जनताको सेन्टिमेन्ट बटुल्न अर्को महाफटाहा जन्मिदो रहेछ मुलुकमा! मेरो न्यायको लागि बोल्ने सबै मरिसके कि के हो?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट