महिला वकिलले सहकर्मी वकिलमाथि हालिन बलात्कारको मुद्दा, अदालतले दियो विहेको आदेश !

काठमाण्डौं– करिव २ महिनाअघि एक महिला वकिलले आफुमाथि सहकर्मी वकिलले बलात्कार गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिन। यो मुद्दाले धेरैलाई आश्चर्यमा पार्यो।

सहकर्मी र नातेदारबाट किशोरीहरू बलात्कृत हुने गरेका घटना सार्वजनिक भईरहेपनि वकिलले वकिललाई बलात्कार गरेको घट्ना सम्भवतः पहिलो थियो। त्यसैले यो मुद्दा अनौठो हुने नै भयो।

बलात्कारको यो मुद्दा भर्खरै टुंगिएको छ। तर, आरोपी वकिललाई जेल वा जरिवानाको सजाय गरेर होईन। अदालतले पीडक भनिएका वकिलले पीडित वकिललाई विवाह गर्नु पर्ने सर्तमा मुद्दा किनारा लगाएको खुलेको छ।

बलात्कारको घट्नालाई अदालतले विवाहमा परिणत गरिदिएको घट्ना पनि अनौठो नै हो। जानकारी अनुसार दुई महिनाअघि चितवनकी महिला वकिलले बाग्लुङका वकिल आशिख पौडेलकर्मी (नाम परिवर्तन) माथि बलात्कारको मुद्दा दायर गरेकी थिइन्। आशिख नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनको सदस्यसमेत हुन।

‘मलाई आशिखले विभिन्न मितिमा जबरजस्ती करणी गरेकोले सिंहदरबार वृत्तमा २०८१–२–४ गते जाहेरी दिएकी छु। मलाई कानुनी सल्लाह र बहस पैरवीका लागि सहयोग गरिदिन हुन यो निवेदन गर्दछु ।’– पीडितले बहस गरिदिन भन्दै दिएको निवेदनमा भनिएको छ।

त्यसपछि प्रहरीले आशिखलाई केही दिन नियन्त्रणमा राख्यो। अदालतमा मुद्दा पुगेपछि उनी ५ लाख धरौटीमा छुटे। आशिखले पनि महिला वकिलविरुद्ध हनिट्रयापको मुद्दा हाले। यो प्रकरणले कानुन ब्यवसायमा लागेकाहरु आश्चर्यमा परे।

किनकी, महिला वकिल र शाशिखको सम्वन्धका बारेमा उनीहरुलाई धेरै कुरा जानकारी थियो। वकालत पेशामा रहेका उनीहरू ‘लिभिङ टुगेदर’ मा थिए। आशिखले बाहिर अन्य युवतीसँग पनि सम्वन्ध राखेको थाहा पाएपछि महिलाले बलात्कारको मुद्दा हालेको खुल्यो।

त्यसपछि बारले दुवैको पक्षबाट मुद्दा नलड्ने निर्णय गर्यो। तर, समस्याको समाधान खोज्ने क्रममा अदालतले उनीहरूको सम्बन्धलाई विवाहको नाम दिएपछि दुवै जना लगभग सहमतिको नजिक रहेको स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट