८ दिन हिरासतमा वसेर १ लाख धरौटीमा रिहा भए दुर्गा प्रसाई
													काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईं काठमाडौँ जिल्ला अदालतले तोकेको १ लाख रुपैयाँ धरौटी वुझाएर रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलले प्रसाईंविरुद्ध परेका दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए। प्रसाईंले मंगलबार नै धरौटी बुझाएर रिहा भएका हुन्।
नेपाल प्रहरीले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो। प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत ६ असोजमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौलाले उजुरी दिएपछि ब्यूरोले अदालतबाट अनुमति लिएर प्रसाईंलाई पक्राउ गरेको हो। ८ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि ब्यूरोले प्रतिवेदन बुझाएको थियो।
							प्रतिक्रिया
							
		
	
						
					लोकप्रिय
 
											झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
 
											
