श्रीमान विदेशमा रहेकी महिलाको खुकुरी प्रहार गरी हत्या, घट्नामा आफन्त नै संलग्न

काठमाडौँ– गोरखामा गएराती खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। राती करिव १२ बजे पालुङ्टार नगरपालिका– ७, पुर्ने पिपलस्थित आफ्नै घरभित्र खुकुरी प्रहार गरी २८ वर्षीया रश्मि कुमालको हत्या भएको हो।

खुकुरी प्रहारबाट घाँटीको दायाँ भागमा गहिरो चोट लागेर गम्भिर अवस्थामा फेला परेकी रश्मिलाई घट्ना भएलगत्तै डुम्रेस्थित लक्ष्मी सामुदायिक अस्पतलामा भर्ना गरिएको थियो। त्यहाँ सामान्य उपचारपछि राती २ बजे दमौली अस्पताल लगिएको थियो। त्यहाँ पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

रश्मीका श्रीमान राजु कुमाल विदेशमा छन्। उनीसँग घरमा आठ वर्षको छोरामात्र थिए। प्रहरीका अनुसार राति घर नजिकै साँस्कृतिक कार्यक्रम थियो। साँस्कृतिक कार्यक्रमबाट फर्किएर घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो।

घटनास्थलमा अस्थायी प्रहरी पोस्ट बिरुवाटार र ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ। मोबाइल एसएमएस चेक गर्दा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको तर उनी राती नै फरार भइसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले घट्नामा उनकै आफन्त संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट