काँक्रो चोरेको रिसमा धारिलो हतियार प्रहार गरी महिलाले गरिन छिमेकी गाउँलेको हत्या

विराटनगर– बारीको काँक्रो टिपेर खाएको रिसमा संखुवासभामा एक महिलाले छिमेकी गाउँका एक ब्यक्तिको हत्या गरेकी छिन्।

चिचिला गाउँपालिका–४ मत्स्यपोखरीकी दुर्गामायाँ गुरुङ (४२) ले सोही धजेगाउँका भीमबहादुर गुरुङ (४५) को हत्या गरेकी हुन। प्रहरीका अनुसार शनिबार दिउँसो करिब साढे १२ बजे दुर्गामायाँले धारिलो हतियार प्रहार गरी भीमवहादुरको हत्या गरेकी हुन।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतका अनुसार उनीहरु दुवै जना वल्लो–पल्लो गाउँका हुन। ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका भीमबहादुर सोही सिलसिलामा मत्स्यपोखरी पुगेका थिए।

प्रहरीको प्रारम्भिक अनुशन्धानमा दुर्गामायाँको बारीको काँक्रो टिपेर खाएको निहुँमा धारिलो हतियार प्रहार गरी भीमवहादुरको हत्या भएको हो। प्रहरीले मृतकको साथमा आधा खाएको काँक्राको टुक्रासमेत बरामद गरेको छ।

मृतकको टाउकोलगायत शरीरका विभिन्न भागका धारिलो हतियारको चोट छ। घट्नाको विषयमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार भीमवहादुरकी श्रीमती मात्रै छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट