डान्स क्लवको भ्रमण टोली बोकेको बस पोखरामा दुर्घटना, २ जना घाईते

काठमाडौँ– दाङको नवयुग डान्स क्लबबाट भ्रमण टोली बोकेर पोखरा पुगेको बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
बिहीबार पोखरा महानगरपालिका– २२, विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो। पुम्दीकोटबाट पोखरा झर्दै गर्दा बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माका अनुसार बसमा २४ जना सवार थिए। ती मध्ये २ जना घाइते भएका हुन्। दाङको तुल्सीपुर उपमहानगरपालिका– ४ की सन्ध्या रसाईली (१७) र मनिषा रसाईली (१९) घाईते भएको डीएसपी शर्माले जानकारी दिए।
दुवैको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ। चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय

आफुलाई ‘आधा नेपाली’ भन्ने टीओबी नेता तेन्जिन दावाको जन्मदर्ता शंकास्पदः ‘श्री ५ को सरकार’ र नेपाल सरकारको छाप, शनिबार दर्ता
