सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोपमा सिभिल अस्पतालका डा.साह पक्राउ

काठमाडौँ– सहकर्मी महिला चिकित्सकलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँको मिनभवनस्थित सिभिल अस्पतालमा कार्यरत डा.अजयकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनलाई १९ कात्तिकमा पक्राउ गरेपनि ढिलो गरी घट्ना सार्वजनिक भएको हो। महिला चिकित्सकले दिएको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महिला चिकित्सकले आफूमाथि यौन दुर्ब्यवहार भएको उजुरीमा उल्लेख गरेकी छिन्। सिभिल अस्पतालका प्रमुख विधाननिधि पौडेलले डा.साह पक्राउ परेको पुष्टि गरेका छन्।

प्रहरीले पक्राउ गरेपछि अस्पतालले पनि डा.साहलाई निलम्बन गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *