रवि दम्पत्तीको फिल्मी स्टाईलको फोटो राखेर ज्वालाको चेतावनीः रवि कुर्सीमा पुगेको दिन के होला याद गर

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य ज्वाला संग्रौलाले ‘कुर्सीमा भोलि रबि पुगेको दिन के होला याद गर’ भन्दै सत्तामा वसेकाहरुलाई चेतावनी दिएका छिन्।

संग्रौलाले सभापति रवि लामिछाने र उनकी पत्नि निकिता पौडेलको फिल्मी स्टाईलको फोटो राखेर फेसवुकमा यस्तो चेतावनी दिएकी हुन। उनले कालकोठरीमा जाक्नुपर्नेहरु सत्तामा रहेको र कुर्सीमा बसेर आतंक मच्चाएको आरोप पनि लगाएकी छिन्।

‘रबि लामिछानेमाथी प्रयोग गरिएको राज्यशक्ती देश बिकाशमा लाउ, रबिलाई रिहा गर, कुर्सीमा बसेर आतंक नमच्चाउ!’ उनले फेसबुकमा लेखेकी छिन्–‘त्यो कुर्सीमा भोलि रबि पुगेको दिन के होला याद गर। समय बलवान छ। सत्य अपराजित छ। देश लुट्नेको चेहरा छर्लङ्ग छ। कालकोठरीमा जाक्नुपर्नेहरु सत्तामा छन्। देश अब यसरी चल्नु हुदैन। निमुखाले न्याय नपाउने मुलुकमा अब शसक्त नागरिक बिद्रोहको बिकल्प छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट