झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

दमक– झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मेचीनगर नगरपालिका–१५, ज्यामिरगढीमा डेरा गरेर बस्ने ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनी भारतको पश्चिम बंगाल हाँसीमाराका भएको प्रहरीले जनाएको छ।

कुमारले ती किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेको आरोप छ। इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी परेपछि कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट