कागेश्वरीकी स्नातक तेस्रो वर्षकी छात्रा गौशालाको होटलमा मृत भेटिईन

काठमाडौँ– काठमाडौँको गौशालास्थित पिंगलास्थानरहेको एक होटलमा करिव २३ वर्षकी युवती मृत फेला परेकी छिन्।

कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का गौशालाको बागमती होटलमा मृत फेला परेकी हुन। जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतका अनुसार १६ पुसमा उनी होटलमा पुगेको देखिएको छ।

लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत रहेको खुलेको छ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट