एक युवकसँगै गौशालाको होटलमा बसेकी थिईन मृत भेटिएकी स्वस्तिका

काठमाडौँ– काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीको उनीसँगै हाटलमा पुगेका युवकले हत्या गरेको आशंका वढेको छ।

अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन एक युवकसँगै होटलमा वस्न गएकी कागेश्वर मनोहराकी २१ वर्षीय स्वस्तिका खड्का मृत अवस्थामा भेटिएकी हुन। युवक भने फरार छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु होटलको ३ सय ८ नम्बर कोठामा बसको थिए। नयाँ वर्षको दिन विहान ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केहीबेरमा आउँछु’ भन्दै निस्किएको खुलेको छ।

तर, उनी नफर्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन। प्रहरी गएर बुधबार दिउँसो ढोका फुटाएर हेर्दा युवतीको शव बेडमा थियो। फरार भएका युवकको पहिचान भईसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तबाट जाहेरी दरखास्त लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट