सिरहाका युट्युबर मनोज मानव फेरि पक्राउ, ऋषि धमलासँग पनि गर्थे बार्गेनिङ
काठमाडौँ– मनोज मानव भनेर चिनिने सिरहाका युट्युबर मनोजकुमार महतो फेरि पक्राउ परेका छन्। अभद्र व्यवहारसम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
महतोलाई १९ पुसमा काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए।
महतो यसअघि पनि विद्युतीय अपराध ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका थिए। युट्युब च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका उनी धरौटीमा छुटेका थिए।
अहिले भने अभद्र व्यवहारको कसुरमा पक्राउ परेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाउने प्रहरीले जननाएको छ। महतोले यसअघि टेलिभिजनकर्मी ऋषि धमलासँग समेत बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो। त्यसबारे पत्रकार धमलाले खण्डन गरिसकेका छन् ।
प्रतिक्रिया
