कटारीको मतदान केन्द्रमा पड्कियो सुरक्षाकर्मीको सटगनः असावधानीले निस्कियो गोली

गाईघाट– उदयपुरको कटारीमा रहेको एक मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार अचानक पड्किएको छ। जसका कारण केही समयका लागि त्रासको अवस्था सिर्जना भएको छ।

कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोल (ख) मतदान केन्द्रमा घट्ना भएको हो। मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले बोकेको सटगन असावधानीका कारण पड्किएको थियो।

प्रारम्भिक जानकारीअनुसार ड्युटीमा रहेका सुरक्षाकर्मी लड्दा बोकेको हतियारबाट गोली निस्किएको हो। घटनापछि मतदान केन्द्र आसपास केहीबेर हडबडी र त्रास फैलिएको भए पनि स्थिति छिट्टै नियन्त्रणमा आएको सुरक्षा निकायले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेका अनुसार उक्त घटना पूर्णतः असावधानीवश भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। उनले सुरक्षाकर्मी लड्दा बोकेको सटगनबाट गोली पड्किएको पुष्टि गर्दै घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट