नक्कली कर्मचारी नियुक्तीको विषय छानविन गर्ने सहमतिपछि बेलका नगरपालिकामा लागेको ताला खुल्यो

गाईघाट– उदयपुरको बेलका नगरपालिकामा ४ दिन अघि नेकपा एमाले नगर कमिटीले लगाएको ताला दुई पक्ष वार्तापछि खुलेको छ। नक्कली कर्मचारी नियुक्ती गरेका आराप लगाउँदै एमालेले नगरपालिकाको प्रशासनिक भवनमा ताला लगाएको थियो।

आईतबार नगरपालिका र आन्दोलनरत पक्षबीच कर्मचारी नियुक्तिको विषयमा छानविन गरी कारबाही गर्ने सहमति भएपछि पालिकामा लगाइएको ताला खुलेको हो।

नगरपालिकाले जनाए अनुसार कार्यालयले करारमा रोजगार सहायक नियुक्त गर्नका लागि गत ७ पुसमा विज्ञापन आह्वान गरेको थियो। त्यसका लागि लिईएको परिक्षामार्फत वडा नं. २ का दिव्यराज अधिकारी सिफारिस भए। तर, उनको ठाउँमा कार्यालयले अर्कै व्यक्तिलाई हाजिर गराएको खुलेपछि एमाले आन्दोलित भएको थियो।

सिफारिस भएका ब्यक्तिको नाम र ठेगाना मिलेका अर्का दिव्यराज अधिकारी ९ पुसमा कार्यालयमा हाजिर भएका थिए। स्रोतका अनुसार परीक्षा दिने व्यक्ति कन्ट्रक्सन कम्पनीमा कम्प्युटर अपरेटरको काम गर्छन् भनेर कार्यालयमा हाजिर भएको व्यक्ति हालसालै वैदेशिक रोजगारबाट फर्किएका हुन्।

यो तथ्य वाहिरिएपछि नेकपा एमालेले प्रमुख प्रशासकीय अधिकृत पुरुसोत्तम घिमिरे र सूचना अधिकारी रञ्जय रेग्मीको कार्यालयमा तालाबन्दी गरेको थियो। त्यसपछि नगरपालिकाले शुक्रवार उपमेयर जिरा राईको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा वडा नम्बर ३ का अध्यक्ष टंक आचार्य र वडा नम्बर ९ का अध्यक्ष भरत घिमिरे सदस्य छन्।

आइतबार भएको वार्तामा ५ बुँदे सहमति भएको छ। कर्मचारी नियुक्तीका विषयमा गम्भीर लापरबाही भएकाले छानबिन समितिले प्रतिवेदन सार्वजनिक नगरुन्जेलसम्मका लागि निमित्त कार्यालय प्रमुखबाट कार्यालयको दैनिक सेवा सुचारु गर्ने, छानबिन समितिमा २ जना सदस्य थप गर्नेलगायतका सहमति भएको जनाईएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट