खेलौना बेच्ने महिलालाई पैसा लिन घरमा बोलाएर वडा सदस्यका पतिले गरे दुर्व्यवहार
जनकपुर– धनुषाको कमला नगरपालिका– ४ की एक जनप्रतिनिधिका श्रीमानले खेलौनाको पसल गर्ने महिलालाई घरमै बोलाएर दुर्व्यवहार गरेको घट्ना सार्वजनिक भएको छ।
ती महिलाले वडा सदस्यका श्रीमान प्रलाद सल्हैता यादव विरुद्ध वडा कार्यालयमा उजुरी दिएपछि घट्ना सार्वजनिक भएको हो। वडा कार्यालयबाट पनि न्याय नपाएको भन्दै पीडित महिला अहिले समाजका अगुवाहरुसमक्ष हारगुहार गरिरहेकी छिन्।
दसैँ मेलामा खेलौनाको पसल गरेकी महिलासँग १० कार्तिकमा प्रलादले ५० रुपैयाँको खेलौना किनेर पैसा लिन घरमा बोलाएका थिए। सुरुमा उनले पैसा लिन छोरालाई प्रलादको घर पठाईन। तर ‘आमालाई नै पठाउ’ भन्दै प्रल्हादले पैसा दिन मानेनन्। त्यसपछि उनी आफै पुगिन।
त्यहाँ पुगेपछि प्रलादले पीडित महिलाको चरित्रमाथि प्रश्न उठाउँदै दुर्व्यवहार गरे। ‘तिमीले अरु पुरुषसँग सम्बन्ध बनाएकी छौ’ भन्दै जथाभावी बोल्न थालेको महिलाले वताईन। त्यसको प्रतिवाद गर्दा आफुमाथि हातपात समेत गरेको उनको आरोप छ।
श्रीमान घरमा नभएका कारण प्रल्हादले आफ्नो चरित्रमाथि दाग लगाउने प्रयास गरेको र कुटपिटसमेत गरेकाले न्यायका वडा कार्यालयमा उजुरी दिएको पीडित महिलाले बताई। उनका श्रीमान भारतमा मजदुरी गर्छन् ।
वडाध्यक्ष गोहिबारले पनि खेलौनाको पैसा माग्न छोरालाई पठाउँदा प्रलादले आमालाई पठाइदिनु भनेको पुष्टि गरे। तर, किन कुटपिट ग¥यो भन्ने कुरा जानकारी नभएको उनको भनाई छ। वडाध्यक्ष गोबिहार र प्रलादकी श्रीमती कांग्रेसबाटै निर्वाचित भएका हुन।
त्यसैले वडाध्यक्ष समेत घटना ढाकछोप गर्न लागेको स्थानीयले गुनासो गरेका छन्।
लोकप्रिय
सिरहामा तीन दशकदेखि बसेको मुसहर बस्ती उठाउने षड्यन्त्रः वडासदस्यकै मुद्दा र धम्कीले भूमिहीन पीडित त्रसित
घाँटी छिनाएर वन हेरालुको बीभत्स हत्याः शव भेटिएको भोलिपल्ट झाडीमा फालिएको टाउको भेटियो, रहस्य अझै गहिरियो
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

