अहमदाबाद विमान दुर्घटनाः एक झट्कामा २४१ यात्रु र ३४ चिकित्सक–कर्मचारीको जीवन समाप्त

काठमाडौँ– जेठ २९ गते भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७–८ ‘ड्रिमलाइनर’ जहाज टेकअफ भएको केही बेरमै मेघानीनगरस्थित बीजे मेडिकल कलेजको होस्टेलमा ठोक्किएर दुर्घटना भयो। यस भयानक दुर्घटनामा जहाजमा सवार २४२ मध्ये २४१ जनाको मृत्यु भयो भने होस्टेलमा कार्यरत ३४ जना डाक्टर, विद्यार्थी तथा कर्मचारीहरूको पनि अनाहकमा ज्यान गयो।

एयर इन्डियाको फ्लाइट एआई१७१ अहमदाबादबाट लन्डन ग्याटविक जान लागेको थियो। जहाजमा कुल २४२ जना थिए — २३० जना यात्रु र १२ जना चालक दलका सदस्य। यात्रुहरूमा भारतका १६९, ब्रिटेनका ५३, पुर्तगालका ७ र क्यानाडाका १ जना नागरिक थिए। विमानस्थलबाट टेकअफ गरेपछि जहाज ६५० फिट उचाइमा पुग्नासाथ असन्तुलित भएको पुष्टि भएको छ।

पाइलटले ‘मेइडे’ (पूर्ण आपतकाल) संकेत दिइसकेका थिए। जहाज नियन्त्रण बाहिर गएको थियो। टेकअफ भएको करिब ३० सेकेन्डमै जहाज असन्तुलित भई मेघानीनगरस्थित बीजे मेडिकल कलेजको होस्टेल भवनमा ठोक्कियो।

यस दुर्घटनामा विमानमा रहेका २४१ जनाले ज्यान गुमाए। यति मात्र होइन, होस्टेलमा कार्यरत ५ जना चिकित्सक र २९ जना कर्मचारी र विद्यार्थी गरी ३४ जनाले पनि आगो, धुवाँ र चोटका कारण ज्यान गुमाए। दुर्घटनामा विमानका यात्रु केवल एकजना ब्रिटिश–भारतीय नागरिक विश्वाश कुमार रमेशको ज्यान बचेको छ।

विमान बीजे मेडिकल कलेजको होस्टेल भवनमा ठोक्किँदा आगो लागेको थियो। भवन पूर्ण रुपमा क्षतिग्रस्त भयो। आफ्नो दैनिकीमा ब्यस्त रहेका होस्टेलका डाक्टर, विद्यार्थी र कर्मचारीहरू पनि मारिए। उनीहरू बिरामीको सेवामा व्यस्त हुँदा अनपेक्षित रुपमा ठूलो विपत्तिमा परे।

ती ३४ जना बीच पाँचजना चिकित्सक थिए, जसले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निभाइरहेका थिए। उनीहरूका परिवारहरू अहिले अकल्पनीय शोक र पीडामा छन्। भारतीय सरकार, नागरिक उड्डयन मन्त्रालय र अन्तर्राष्ट्रिय सुरक्षा निकायहरूले संयुक्त रूपमा यो दुर्घटनाको छानबिन गरिरहेका छन्। ब्ल्याक बक्स विमानस्थल छतमा भेटिएको छ र यसको विश्लेषण जारी छ।

यो दुर्घटनामा मृतकहरूको परिवार र सम्पूर्ण चिकित्सा समुदायमा अपूरणीय क्षति भएको छ। परिवारका सदस्यहरू पोस्टमार्टम र डीएनए परीक्षणमार्फत आफन्तको परिचान गर्न अस्पताल बाहिर आशा र पीडाका आँसुसहित पर्खिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट