सिरहामा युवकको शंकास्पद मृत्युः श्रीमतीसहित दुई जना पक्राउ

लहान — सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार मृत फेला परेका युवकको हत्या आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले मृतककी श्रीमतीसहित एक युवकलाई पक्राउ गरेको हो। स्थानीय ३५ वर्षीय अजय महरा आँपको रुखमुनि घाँटीमा सेतो प्लास्टिक बाँधिएको अवस्थामा मृत फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार मृतकको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ।

घटना शंकास्पद रहेको र मृत्युको कारण पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट